प्रधानमन्त्री शाहद्वारा सुदूरपश्चिमका सांसदसँग विकासबारे छलफल

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले सुदूरपश्चिम प्रदेशका सांसदहरूसँग विकास निर्माण र क्षेत्रीय समस्याबारे विस्तृत छलफल गर्नुभएको छ। आज सिंहदरबारमा भएको उक्त भेटमा प्रदेशको समग्र विकास अवस्थाबारे समीक्षा गरिएको थियो।

डोटीका सांसद भरत खड्काका अनुसार प्रधानमन्त्रीले प्रदेशगत रूपमा निर्वाचित सांसदहरूसँग प्रत्यक्ष संवाद गर्दै विकासको वास्तविक अवस्थाबारे जानकारी लिनुभएको हो। छलफलका क्रममा सांसदहरूले आफ्ना जिल्लामा सञ्चालन भइरहेका तथा आवश्यक विभिन्न विकास योजनाबारे प्रधानमन्त्रीसमक्ष धारणा राखेका थिए।

सांसद खड्काले सेती जलविद्युत् आयोजना, कैलाली–दिपायल सडक, सेती लोकमार्ग, सडक स्तरोन्नति, सिँचाइ, शिक्षा, स्वास्थ्य सेवा सुधार तथा हवाई सेवा विस्तार जस्ता महत्वपूर्ण विषयहरूमा प्रधानमन्त्रीको ध्यानाकर्षण गराइएको जानकारी दिनुभयो।

प्रधानमन्त्री शाहले सांसदहरूले उठाएका विषयहरू सम्बोधन गर्ने प्रयास गर्ने आश्वासन दिनुका साथै समस्याहरू औपचारिक रूपमा सचिवालयमा टिपाउन आग्रह गर्नुभएको बताइएको छ।

यसअघि सोमबार पनि प्रधानमन्त्री शाहले कोशी र कर्णाली प्रदेशबाट प्रतिनिधित्व गर्ने विभिन्न राजनीतिक दलका सांसदहरूसँग यस्तै प्रकारको छलफल गर्नुभएको थियो।

प्रकाशित: मंगलबार, चैत्र १७, २०८२

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय