काठमाडौँ । दार्चुलाको शैल्यशिखर नगरपालिका–४ ओसिल क्षेत्रमा जीप दुर्घटना हुँदा दुई जना सरकारी कर्मचारीको घटनास्थलमै मृत्यु भएको छ।
जिल्ला प्रहरी कार्यालय दार्चुलाका अनुसार दुर्घटनामा परी जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालय दार्चुलामा कार्यरत इन्जिनियर मनिषा चन्द र वरिष्ठ प्रशासकीय अधिकृत भरतबहादुर तितराको ज्यान गएको हो। उनीहरू कामको सिलसिलामा काडापारीबाट ओसिलतर्फ जाँदै गरेका थिए।
उक्त दुर्घटनामा अन्य चार जना घाइते भएका छन्। घाइतेहरूको गोकुलेश्वरस्थित गोकुलेश्वर अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ।


