सुनको मूल्य २ लाख ८६ हजार पुग्यो

काठमाडौँ । आज नेपाली बजारमा सुनचाँदीको मूल्य वृद्धि भएको छ।

Federation of Nepal Gold and Silver Dealers’ Association का अनुसार सुन प्रतितोला पाँच हजार रुपैयाँले बढेर दुई लाख ८६ हजार रुपैयाँ पुगेको छ।

चाँदीको मूल्य पनि ५० रुपैयाँले बढेर प्रतितोला चार हजार ७२० रुपैयाँ कायम भएको छ।

गत शुक्रबार सुनको मूल्य दुई लाख ८१ हजार र चाँदी चार हजार ६७० रुपैयाँ रहेको थियो।

प्रकाशित: आइतबार, चैत्र १५, २०८२

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय