काठमाडौँ । जेनजी आन्दोलनमा हिंसात्मक दमन गरेको अभियोगमा पक्राउ परेका पूर्व प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीलाई स्वास्थ्य परीक्षणका लागि महाराजगन्जस्थित त्रिवि शिक्षण (टिचिङ) अस्पताल लगिएको छ।
शनिबार बिहान गुन्डुस्थित निवासबाट पक्राउ गरिएका उनलाई काठमाडौँ जिल्ला प्रहरी परिसरबाट अस्पताल पुर्याइएको हो।
हाल उनलाई टिचिङ अस्पतालको रेड जोनको २७ नम्बर बेडमा राखिएको छ।


