मन्त्रिपरिषद् बैठकद्वारा जेनजी आन्दोलनबारे कार्की प्रतिवेदन लागू गर्ने निर्णय

काठमाडौँ । मन्त्रिपरिषद्को पहिलो बैठकले जेनजी आन्दोलनको अवस्थाबारे अध्ययन गर्न गठन गरिएको कार्की आयोगको प्रतिवेदन कार्यान्वयन गर्ने निर्णय गरेको छ ।

सरकारका प्रवक्ता सस्मित पोखरेलले बैठकका निर्णय सार्वजनिक गर्दै आयोगले पेश गरेको प्रतिवेदन तत्काल लागू गर्ने निर्णय भएको जानकारी दिनुभयो ।

बैठकले आन्दोलनका क्रममा ज्यान गुमाउने व्यक्तिहरूप्रति श्रद्धाञ्जली अर्पण गर्ने निर्णय पनि गरेको उहाँले बताउनुभयो ।

प्रकाशित: शुक्रबार, चैत्र १३, २०८२

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय