नेपाल टेलिकमले डेनमार्क र दक्षिण कोरियामा VoLTE रोमिङ सेवा सुरु

काठमाडाैं । नेपाल टेलिकमले आफ्ना मोबाइल प्रयोगकर्ताहरूका लागि डेनमार्क र दक्षिण कोरियामा अन्तर्राष्ट्रिय VoLTE रोमिङ सेवा सुरु गरेको छ।

टेलिकमले जारी गरेको प्रेस विज्ञप्तिमा भनिएको छ कि यस सेवाका लागि डेनमार्कको ‘टेलिनोर’ र दक्षिण कोरियाको ‘एसके टेलिकम’ सँग व्यावसायिक सम्झौता गरिएको छ।

यसअघि क्यानडा, अमेरिका, अष्ट्रेलिया, लक्जेमबर्ग, इजरायल र ताइवान (आरओसी) मा उपलब्ध यो सेवा अब डेनमार्क र दक्षिण कोरिया थपिएसँगै कुल ८ देशमा उपलब्ध भएको छ। नेपाल टेलिकमले यी देशका ९ वटा सेवा प्रदायकहरूसँग सम्झौता गरी यो सुविधा प्रदान गरिरहेको छ।

सेवा प्रयोग गर्नका लागि ग्राहकको मोबाइल सेटले VoLTE सपोर्ट गर्नुपर्नेछ र मोबाइलमा यो फिचर सक्रिय हुनु आवश्यक छ। यदि सेवा सुचारु छैन भने ग्राहकले आफ्नो मोबाइलबाट *444# डायल गरी ‘Activate VoLTE’ विकल्प छनोट गर्न सक्नेछन्।

प्रकाशित: मंगलबार, चैत्र १०, २०८२

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय