काठमाडाैं । नेपाली कांग्रेसका सभापति गगन थापाले आफूले सभापतिका रूपमा पार्टीको गाडी हाँकिसकेकाले अब रोक्ने अवस्था नरहेको बताएका छन्।
आज पार्टीको केन्द्रीय कार्यसमिति बैठकलाई सम्बोधन गर्दै उनले त्यस गाडीमा को थियो र को थिएन भन्ने आधारमा पूर्वाग्रह नगर्ने स्पष्ट पारे।
उनले भने, “मैले सभापतिका रूपमा गाडी हाँकिसकेको छु, यो गाडी अगाडि बढ्यो, अब रोकिदैन। गाडीमा को हुनुहन्थ्यो र को हुनुहुन्नथ्यो, त्यो पूर्वाग्रह पनि गरिँदैन।”
सभापति थापाका अनुसार, कुनै पूर्वाग्रह नराखी सबैलाई समेटेर अघि बढ्ने उनको उद्देश्य रहेको छ।


