काठमाडौँ । नवनिर्वाचित प्रतिनिधिसभा सदस्य महावीर पुनले भ्रष्टाचार रोक्न सकेन भने राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) पनि हराएर जाने बताएका छन् ।
आज सांसद पुनले समाजिक सञ्जालमा लेख्दै भ्रष्टाचार र कुशासन हटाउन सरकारलाई आफुले पनि पुर्ण सहयोग गर्ने बताएका छन् ।
उनले लेखेका छन्, ‘अव आउने रास्वपाको सरकारले पहिलो दिन देखि नै भ्रष्टाचारीहरुलाई नियम पुऱ्याएर कहिल्यै उठ्न नसक्ने गरि नंग्याउनु पर्छ। नियमले छेक्यो भने तुरुन्त नयाँ नियम बनाउनु पर्छ। सरकारले भ्रष्टाचार रोक्न सकेन भने जनतालाई ठूलो धोका हुनेछ र रास्वपा पनि कालान्तरमा हराएर जानेछ ।’ ‘तीन महिना भित्र जनताले सुशासनको अनुभुति गर्न सकुन् । भ्रष्टाचार र कुशासन हटाउन सरकारलाई मैले पुर्ण सहयोग गर्नेछु ।’


