तिलोत्तमामा ट्रकको ठक्करबाट २१ वर्षीय युवकको मृत्यु

लुम्बिनी । रुपन्देहीको तिलोत्तमा नगरपालिका–१५ कोटिहवामा ट्रकको ठक्करबाट एक युवकको ज्यान गएको छ। दुर्घटनामा बुटवल उपमहानगरपालिका–६ निवासी २१ वर्षीय उमेश गुप्ताको मृत्यु भएको हो।

राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय बुटवलका अनुसार भैरहवाबाट बुटवलतर्फ आउँदै गरेको ना६ख ३४३० नम्बरको ट्रकले मधेस प्रदेश ०३–०२९प५०७६ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो।

गम्भीर घाइते भएका गुप्ताको मणिग्रामस्थित क्रिमसन अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो। घटनापछि ट्रक चालक सप्तरी सुरुङ्गा–१ का २९ वर्षीय मुकेशकुमार चौधरीलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

प्रकाशित: मंगलबार, चैत्र १०, २०८२

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय