सर्वोच्च अदालतमा लामिछाने मुद्दा सुनुवाइ अधुरो

काठमाडौँ । सर्वोच्च अदालत मा दायर रवि लामिछाने विरुद्धको मुद्दा फिर्ता निर्णयविरुद्धको रिट निवेदनको सुनुवाइ मंगलबार हुने भएको छ।

आज न्यायाधीशद्वय विनोद शर्मा र अब्दुल अजीज सुसलमानको संयुक्त इजलासमा सुनुवाइ सुरु भए पनि नसकिएपछि हेर्दाहेर्दैमा मंगलबारका लागि राखिएको हो।

यसअघि सर्वोच्च अदालतले महान्यायाधिवक्ताको कार्यालयलाई मुद्दा फिर्ता लिने संशोधित निर्णय पेश गर्न आदेश दिएको थियो।

महान्यायाधिवक्ता सविता भण्डारी बरालले अघिल्लो सरकारको पालामा लगाइएका सम्पत्ति शुद्धीकरण र सङ्गठित अपराध मुद्दा फिर्ता गर्ने निर्णय गरेपछि त्यसविरुद्ध अधिवक्ताहरूले रिट दायर गरेका हुन्।

प्रकाशित: सोमबार, चैत्र ०९, २०८२

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय