काठमाडौँ । आज विश्व जल तथा मौसम दिवस नेपालसहित विश्वभर विविध कार्यक्रमका साथ मनाइँदै छ। ‘आजको अवलोकन, भोलिको सुरक्षा’ भन्ने नारासहित मनाइने यस दिवसको अवसरमा विभिन्न सचेतनामूलक कार्यक्रम आयोजना गरिएका छन्।
यस क्रममा मौसमसम्बन्धी चेतना अभिवृद्धि, पूर्वानुमान प्रणालीको महत्व तथा जलवायु जोखिम न्यूनीकरणका उपायबारे छलफल गरिने जनाइएको छ।
जल तथा मौसम विज्ञान विभागका मौसमविद् सुजन सुवेदीका अनुसार दिवसका अवसरमा यिनै विषयमा केन्द्रित कार्यक्रमहरू सञ्चालन गर्ने योजना बनाइएको छ।
हरेक वर्ष मार्च २३ मा मनाइने यस दिवसले मौसम तथा जलवायु सेवाको महत्व उजागर गर्दै मानव जीवन, कृषि, जलस्रोत र विपद् व्यवस्थापनमा यसको योगदानबारे विश्वव्यापी सचेतना फैलाउने लक्ष्य राखेको छ।


