ताप्लेजुङको पाथीभरा मन्दिर क्षेत्रमा हिमपात, दर्शनार्थीको भीड

ताप्लेजुङ । ताप्लेजुङस्थित पाथीभरा मन्दिर क्षेत्रमा हिमपात भएको छ।

शुक्रबार साँझदेखि परेको वर्षासँगै हिमपात भएको पाथीभरा क्षेत्र विकास समितिका कर्मचारी राजेन्द्र महतले जानकारी दिनुभयो।

उहाँका अनुसार केही दिनदेखि मौसम धुम्मिएको थियो र आजको हिमपातसँगै यस वर्ष पाथीभरामा पाँच पटक हिउँ परिसकेको छ।

हिमपात भएपछि दर्शनार्थीहरूको भीड लागेको छ भने जिल्लाभर चिसो बढेको छ।

प्रकाशित: शनिबार, चैत्र ०७, २०८२

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय