काठमाडौँ । काठमाडौँ महानगरपालिका–१२ स्थित भोटेबहालमा बसको ठक्करबाट दुई पैदल यात्रुको मृत्यु भएको छ ।
मृत्यु हुनेमा टेकु बस्ने भारतीय नागरिक ४५ वर्षीय पदम उपाध्याय र ३७ वर्षीय सतिसकुमार कुसवाह रहेका छन्। शुक्रवार साँझ कालिमाटीबाट त्रिपुरेश्वरतर्फ जाँदै गरेको प्रदेश–३–०१–००५ ख ९२९८ नम्बरको बसले ठक्कर दिँदा उनीहरू गम्भीर घाइते भएका थिए।
उपत्यका ट्राफिक प्रहरी कार्यालयका एसपी नरेश सुवेदीका अनुसार, गएराति ट्रमा सेन्टरमा उपचारको क्रममा दुवै जनाको मृत्यु भएको हो। बस चालक दोलखा घर भई कपन बस्ने ३५ वर्षीय मानबहादुर बस्नेतलाई प्रहरीले पक्राउ गरेको छ।


