प्रधानमन्त्री कार्कीद्वारा जानकी मन्दिरमा दर्शन तथा पूजाआराधना

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले जनकपुरधाम पुगेर जानकी मन्दिरमा पूजा आराधना गर्नुभएको छ।

नेपाली सेनाको हेलिकप्टरमार्फत बिहान जनकपुर पुग्नुभएकी उहाँलाई मन्दिर व्यवस्थापन पक्षले स्वागत गरेको थियो।

पूजापछि प्रधानमन्त्री कार्कीले जनकपुरधामलाई अन्तरराष्ट्रिय धार्मिक पर्यटकीय गन्तव्यका रूपमा विकास गर्ने सरकारको लक्ष्य रहेको बताउनुभयो। उहाँले देशभरका धार्मिक तथा ऐतिहासिक सम्पदाको संरक्षणमा सरकार प्रतिबद्ध रहेको पनि स्पष्ट पार्नुभयो।

यस क्रममा उहाँले मन्दिरको अवलोकन गर्नुका साथै आवश्यक जानकारी लिनुभएको थियो।

प्रकाशित: शुक्रबार, चैत्र ०६, २०८२

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय