काठमाडौं । निर्वाचन आयोगले प्रतिनिधिसभाको समानुपातिक प्रणालीबाट निर्वाचित सांसदहरूलाई आज बिहान ११ बजे प्रमाणपत्र प्रदान गर्ने भएको छ।
आयोगका प्रवक्ता सहसचिव नारायणप्रसाद भट्टराईका अनुसार कार्यक्रम आयोगमै आयोजना हुनेछ। राजनीतिक दलहरूले प्राप्त मतका आधारमा राष्ट्रिय स्वतन्त्र पार्टीलाई ५७, नेपाली कांग्रेसलाई २०, नेकपा एमालेलाई १६, नेकपालाई ९ तथा श्रम संस्कृति पार्टी र राप्रपालाई ४–४ सिट बाँडफाँट गरिएको छ।
यसैबीच, अपराह्न ४ बजे राष्ट्रपति कार्यालय शीतलनिवासमा प्रतिनिधिसभा निर्वाचनसम्बन्धी समग्र प्रतिवेदन बुझाउने समय तय गरिएको छ। गत फागुन २१ गते सम्पन्न निर्वाचनको नतिजा आयोगले यसअघि नै सार्वजनिक गरिसकेको छ।


