३१ प्रतिशत लक्ष्य पूरा: नवलपरासीमा इन्सेफलाइटिस खोप अभियानमा उल्लेखनीय प्रगति

काठमाडौँ । नवलपरासी (बर्दघाट सुस्तापूर्व) मा सञ्चालन भइरहेको जापानिज इन्सेफलाइटिस विरुद्धको विशेष खोप अभियानअन्तर्गत हालसम्म ४६ हजार ७७८ जनाले खोप लगाएका छन् ।

खोप लगाउनेमध्ये १९ हजार १०९ पुरुष र २७ हजार ६६९ महिला रहेका छन् ।
जिल्लाका सबै आठ स्थानीय तहमा एकसाथ सञ्चालन गरिएको अभियानले मङ्गलबारसम्म लक्षित जनसङ्ख्याको ३१.१ प्रतिशतलाई समेटेको प्रदेश जनस्वास्थ्य कार्यालयका प्रमुख केशव चापागाईंले जानकारी दिनुभयो ।
जनस्वास्थ्य अधिकृत प्रविणकुमार खनालका अनुसार सबै स्थानीय तहमा नियमित रूपमा खोप सेवा प्रदान भइरहेको छ ।

विशेषगरी मध्यविन्दु नगरपालिका र बौदिकाली गाउँपालिकामा उल्लेखनीय प्रगति देखिएको छ ।
जिल्लामा संक्रमण बढ्दै गएपछि ३५ वर्षभन्दा माथिका नागरिकलाई लक्षित गरी चैत १ देखि ५ गतेसम्म अभियान सञ्चालन गरिएको हो । करिब १ लाख ५० हजार नागरिकलाई खोप लगाउने लक्ष्य राखिएको छ ।

प्रकाशित: बुधबार, चैत्र ०४, २०८२

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय