काठमाडौँमा घोडेजात्राको रौनक, ललितपुरमा कानो घोडा दौडाउने चलन

काठमाडौँ । प्रत्येक वर्ष चैत्र कृष्ण औँसीका दिन मनाइने घोडेजात्रा पर्व आज देशभर विशेषगरी काठमाडौँ उपत्यकामा मनाइँदैछ ।

जनविश्वासअनुसार टुँडिखेलको पूर्व–दक्षिण क्षेत्रमा रहेको एउटा रूखमा बस्ने गुरुमापा नामक राक्षसले बालबालिकालाई दुःख दिने गर्थ्यो ।

स्थानीयवासीले विभिन्न उपाय अपनाएर उक्त राक्षसको अन्त्य गरे पनि यसको आत्माबाट पुनः खतरा हुनसक्ने डर रहिरह्यो ।

यसै विश्वासका आधारमा हरेक वर्ष घोडेजात्रा आयोजना गरी घोडाको टापले गुरुमापाको आत्मालाई दबाउने परम्परा रहेको छ ।

साथै बालबालिकाको सुरक्षाको कामना गर्दै राति त्यही स्थानमा खानेकुरा चढाउने चलन पनि छ ।

यस अवसरमा नेपाली सेनाले टुँडिखेलमा अश्वकला, मोटरसाइकल खेल, शारीरिक व्यायाम तथा युद्धकलाको प्रदर्शन गर्ने कार्यक्रम रहेको छ ।

ललितपुरमा भने कानो घोडा दौडाएर यो पर्व मनाउने परम्परा रहिआएको छ ।

प्रकाशित: बुधबार, चैत्र ०४, २०८२

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय