नवनिर्वाचित सांसदका लागि रास्वपाको दुईदिने अभिमुखीकरण सुरु

ललितपुर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आफ्ना तर्फबाट निर्वाचित नयाँ सांसदहरूका लागि अभिमुखीकरण कार्यक्रम आयोजना गरेको छ।

ललितपुरको ग्वार्कोस्थित होटल रोयल टुलिपमा सुरु भएको उक्त दुईदिने अभिमुखीकरण कार्यक्रम रास्वपाका उपसभापतिद्वय डोलप्रसाद अर्याल र डा. स्वर्णिम वाग्लेले घण्टी बजाएर उद्घाटन गरेका हुन्।

कार्यक्रममा सांसदहरूलाई संसदीय अभ्यास, नीति निर्माण प्रक्रिया, संसद्को कार्यप्रणाली, जनप्रतिनिधिको जिम्मेवारी तथा पार्टीको भावी नीति सम्बन्धी विषयमा जानकारी दिइने रास्वपा प्रवक्ता मनिष झाले बताएका छन्।

गत फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा रास्वपाले प्रत्यक्ष र समानुपातिकतर्फ गरी कुल १८२ सिट जित हासिल गरेको थियो।

यसैबीच, रास्वपाका महामन्त्री कबिन्द्र बुर्लाकोटीले नवनिर्वाचित सांसदहरूलाई अभिमुखीकरण कार्यक्रममा अनिवार्य रूपमा सहभागी हुन छबुँदे निर्देशनसमेत जारी गरेका छन्।

प्रकाशित: मंगलबार, चैत्र ०३, २०८२

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय