नेप्से २,८२४ विन्दुमा, रु १४ अर्बभन्दा बढीको कारोबार

काठमाडौँ । यो साता कारोबारको पहिलो दिन नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा सामान्य सुधार देखिएको छ।

आज नेप्से परिसूचक चार दशमलव ४५ अङ्कले बढेर दुई हजार ८२४ दशमलव ९० विन्दुमा पुगेको हो।

आज ३५० कम्पनीका तीन करोड ९५ लाख ४९ हजार ३३ कित्ता शेयर एक लाख २४ हजार ४९० पटक खरिदबिक्री हुँदा कुल रु १४ अर्ब ३२ करोड ९६ लाख चार हजार ३१५ दशमलव ९० बराबरको कारोबार भएको नेप्सेले जनाएको छ।

कारोबारका क्रममा होटल तथा पर्यटन, लगानी, जीवन बीमा र म्युचुअल फण्ड समूहमा भने गिरावट देखिएको छ।

अन्य अधिकांश समूहको उपसूचक भने बढेको छ।

प्रकाशित: आइतबार, चैत्र ०१, २०८२

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय