काठमाडौँ । नेपाली कांग्रेसको आधिकारिकता विवाद सम्बन्धी मुद्दा ‘हेर्न नभ्याइने’ सूचीमा राखिएको छ।
सर्वोच्च अदालतका न्यायाधीश विनोद शर्मा र मेघराज पोखरेल को संयुक्त इजलासमा कांग्रेसको आधिकारिकता विवाद सम्बन्धी रिट सुनुवाइका लागि पेसी तोकिएको थियो। २२ नम्बरको उक्त पेसी ‘हेर्न नभ्याइने’ सूचीमा राखिएपछि आइतबारको सुनुवाइ सरेको छ।
कांग्रेसको विशेष महाधिवेशनबाट गगन थापा सभापति चयन भएसँगै निर्वाचन आयोगले आधिकारिकता दिने निर्णय गरेपछि तत्कालीन सभापति शेरबहादुर देउवा र पूर्णबहादुर खड्का ले सर्वोच्चमा रिट दिएका थिए।
पहिलो सुनुवाइमा सर्वोच्चले माघ ६ गते कारण देखाऊ आदेश जारी गर्दै सबै पक्षसँग लिखित जवाफ माग गरेको थियो र अन्तिम सुनुवाइका लागि अग्राधिकार प्रदान गरिएको थियो।


