काठमाडौँ । मध्यपूर्वमा बढ्दो तनावका कारण कतारमा रहेका नेपाली नागरिकलाई स्वदेश फर्किन चाहेमा सम्पर्क गर्न नेपाली दूतावासले अनुरोध गरेको छ ।
कतारको दोहास्थित नेपाली राजदूतावासले शनिबार विशेष सूचना जारी गर्दै घर फर्किन चाहने नेपालीलाई दूतावासमा सम्पर्क गर्न आग्रह गरेको हो ।
दूतावासका अनुसार कतारमा वैध आवासीय अनुमतिपत्र (कतार आईडी) भएका नेपाली नागरिकलाई साउदी अरबका विमानस्थलमार्फत स्वदेश फर्किने व्यवस्था गरिएको छ ।
यसका लागि दोहास्थित ताशिर साउदी भिसा सेवा केन्द्रमार्फत पर्यटक भिसाका लागि आवेदन दिन ‘अपोइन्टमेन्ट बुक’ गर्न दूतावासले आग्रह गरेको छ । उक्त सेवा केन्द्र एजदान मल (अल घराफा) मा रहेको जनाइएको छ ।


