मकवानपुरमा लागुऔषध सेवनकर्ताको आक्रमणमा प्रहरी सहायक निरीक्षक घाइते

काठमाडौँ । मनहरी गाउँपालिका–१ मकरीमा लागुऔषध सेवनकर्ताले प्रहरीमाथि आक्रमण गर्दा एक जना प्रहरी सहायक निरीक्षक घाइते भएका छन्।

बञ्चरो प्रहारबाट प्रहरी सहायक निरीक्षक दिलबहादुर तामाङ घाइते भएपछि प्रहरीले आत्मरक्षाका लागि एक राउन्ड गोली चलाएको जनाएको छ।

गोली लागेर आक्रमणकारीमध्ये हेटौँडा उपमहानगरपालिका–१२ हात्तीगौँडा निवासी १९ वर्षीय सनिस घाइते भएका छन्।

प्रकाशित: बिहिबार, फाल्गुण २८, २०८२

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय