राष्ट्रिय सभामा एकताबद्ध भएर प्रस्तुत हुने कांग्रेसको निर्णय

काठमाडौँ । नेपाली कांग्रेसले राष्ट्रिय सभामा एकताबद्ध भएर सक्रिय र विशेष जिम्मेवारीपूर्वक प्रस्तुत हुने निर्णय गरेको छ ।

कांग्रेस राष्ट्रिय सभाका बहालवाला र नवनिर्वाचित सदस्यहरूको आज बसेको बैठकले सो निर्णय गरेको हो ।

कांग्रेस राष्ट्रिय सभा संसदीय दलका नेता कृष्णप्रसाद सिटौलाको उपस्थितिमा भएको बैठकले गत माघ ११ गते कांग्रेसको तर्फबाट निर्वाचित सदस्यहरूलाई स्वागत गरेको थियो ।

मुलुकको समसामयिक राजनीतिक परिस्थितिकाबारे छलफल गर्दै बैठकले आगामी दिनमा जनताको भावना अनुरूप दलको तर्फबाट राष्ट्रिय सभामा एकताबद्ध भएर सक्रिय र विशेष जिम्मेवारीपूर्वक प्रस्तुत हुने निर्णय गरेको प्रमुख सचेतक कृष्णबहादुर रोकायले जानकारी दिए ।

प्रकाशित: बुधबार, फाल्गुण २७, २०८२

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय