काठमाडौँ । गण्डकी प्रदेशका पूर्वसांसद राजीव गुरुङ (दीपक मनाङे) जेलमुक्त भएका छन्।
ज्यान मार्ने उद्योगसम्बन्धी मुद्दामा सजाय भुक्तान गरेपछि उनी बुधबार जेलबाट रिहा भएका हुन्।
चक्रे मिलन सँग सम्बन्धित मुद्दामा दोषी ठहर भई मनाङे जेल परेका थिए।
२०६१ साल वैशाखमा काठमाडौंको महाराजगञ्ज मा चक्रे मिलनमाथि खुकुरी प्रहार गरेको अभियोगमा अदालतले मनाङेलाई पाँच वर्ष कैद सजाय सुनाएको थियो।
सोही सजाय पूरा गरेपछि उनी जेलबाट छुटेका हुन्।


