ओखलढुंगामा रास्वपाका विश्वराज पोखरेल ५ मतको अन्तरले विजयी 

काठमाडौं । ओखलढुंगामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का विश्वराज पोखरेल नेपाली कांग्रेसका उम्मेदवार कुमार लुईटेललाई ५ मतले पछि पार्दै विजयी भएका छन्।

निर्वाचन आयोगका अनुसार पूर्व नेपाल प्रहरीका एआइजी पोखरेलले १३ हजार ९५३ मत प्राप्त गरेका छन् भने कांग्रेसका लुईटेलले १३ हजार ९४८ मत प्राप्त गरेका छन्।

त्यस्तै, नेपाली कम्युनिस्ट पार्टीका अम्बिर बाबु गुरुङले ११ हजार २९६ मत प्राप्त गरेका छन् भने नेकपा एमालेकी अस्मिता थापाले १० हजार ७२० मत प्राप्त गरेकी छन्।

प्रकाशित: आइतबार, फाल्गुण २४, २०८२

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय