झापा–५ मा बालेन्द्र शाहको फराकिलो अग्रता, ओली धेरै पछाडि

काठमाडौँ । प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत झापा–५ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवार बालेन्द्र शाहले फराकिलो अग्रता कायम गरेका छन्।

पछिल्लो मतपरिणामअनुसार शाहले ११ हजार ९४५ मत प्राप्त गरेका छन्।

उनका निकटतम प्रतिस्पर्धी नेकपा (एमाले)का अध्यक्ष तथा उम्मेदवार केपी शर्मा ओलीले २ हजार ६९२ मत प्राप्त गरेका छन्। यसरी शाहले ९ हजार २५३ मतान्तरले अग्रता लिएका हुन्। यस्तै श्रम संस्कृति पार्टीका उम्मेदवार समिर तामाङले १ हजार ४७७ मत ल्याएर तेस्रो स्थानमा रहेका छन्।

नेपाली कम्युनिस्ट पार्टीका रञ्जित तामाङले ३५५ तथा नेपाली कांग्रेसकी उम्मेदवार मन्धरा चिमरियाले ३३५ मत प्राप्त गरेका छन्।

प्रकाशित: शुक्रबार, फाल्गुण २२, २०८२

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय