तराईमा हुस्सु र तुँवालो, हिमाली भेगमा मौसम बदलीको पूर्वानुमान

काठमाडौँ । हाल नेपालमा उपल्लो वायुमण्डलमा पश्चिमी न्यूनचापीय प्रणालीको आंशिक प्रभाव रहेको छ।

जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी तथा हिमाली भूभागमा साधारणतया बदली रही अन्य प्रदेशका पहाडी भूभागमा आंशिक बदली रहेको छ।

महाशाखाका अनुसार कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी तथा हिमाली भूभागका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा तथा हिमपात भइरहेको छ भने तराईका केही स्थानमा तुँवालो लागेको छ।

प्रकाशित: आइतबार, फाल्गुण १७, २०८२

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय