काठमाडौँ । अभियन्ता तथा मेडिकल व्यवसायी दुर्गा प्रसाईँ पक्राउ परेका छन्।
नेपाल प्रहरीले भक्तपुरस्थित उनको निवासबाट प्रसाईँलाई पक्राउ गरी जिल्ला प्रहरी परिसर भक्तपुरमा लगेको छ। उनलाई अनुसन्धानको लागि नियन्त्रणमा राखिएको जिल्ला प्रहरी परिसर भक्तपुरका डीएसपी प्रकाश जबेगुले जानकारी दिएका छन्।
प्रसाईँविरुद्ध सार्वजनिक शान्तिविरुद्धको कसुरमा म्याद लिएर अनुसन्धान अघि बढाइने डीएसपी जबेगुले बताए।


