काठमाडौँ । आज स्थानीय बजारमा सुनको मूल्यमा केही कमी देखिएको छ भने चाँदीको मूल्यमा सामान्य बढोत्तरी भएको छ। बिहीबारको तुलनामा सुनको मूल्य रु ५०० ले घटेको छ भने चाँदीको मूल्य रु १५ ले बढेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज एक तोला छापावाल सुनको मूल्य रु ३,१४,९०० र एक तोला चाँदीको मूल्य रु ५,७४० कायम भएको छ।
बिहीबार सुन प्रतितोला रु ३,१५,४०० र चाँदी प्रतितोला रु ५,७२५ कायम थियो। गत बुधबार सुनको मूल्य रु ३,१४,९०० र चाँदीको मूल्य रु ५,५८५ रहेको थियो। सोमबार भने एक तोला छापावाल सुन रु ३,१३,५०० र चाँदी रु ५,५९५ मा कारोबार भएको थियो।
अन्तर्राष्ट्रिय बजार अनुसार आज एक औँस सुन ५,१८७ अमेरिकी डलर र त्यति नै परिमाणको चाँदी ९० अमेरिकी डलरमा कारोबार भइरहेको छ ।


