नेपाल इन्भेष्टमेण्ट मेगा बैंक ४१ वर्षमा प्रवेश, नवप्रवर्तन र सामाजिक उत्तरदायित्वमा जोड

काठमाडौं । नेपाल इन्भेष्टमेण्ट मेगा बैंकले आफ्नो ४१ औं वर्षमा प्रवेश गरेको छ। चार दशक लामो सफल यात्राको अवसरमा बैंकले ग्राहक, शेयरधनी, नियामक निकाय, साझेदार संस्था र सम्पूर्ण कर्मचारीमा आभार व्यक्त गरेको छ।

बैंकका अध्यक्ष पृथ्वी बहादुर पाँडेले बैंकको सफल यात्रामा साथ दिने सबैप्रति कृतज्ञता व्यक्त गर्दै आगामी दिनमा अझ पारदर्शी, जिम्मेवार र नवप्रवर्तनमुखी बैंकिङ सेवा प्रदान गर्ने प्रतिवद्धता जनाएका छन्।

बैंकका प्रमुख कार्यकारी अधिकृत ज्योति प्रकाश पाण्डेले डिजिटल रुपान्तरणमा तीव्रता दिँदै ग्राहक अनुभवलाई सरल, सुरक्षित र प्रभावकारी बनाउने दिशामा बैंक अग्रसर रहने बताए। उनले भने, “समृद्धिको पथमा सँगै अघि बढ्दै” भन्ने नाराका साथ बैंक ग्राहक सुविधालाई प्राथमिकता दिँदै नवीनतम बैंकिङ सेवाहरु प्रस्तुत गर्दै जानेछ।

वार्षिकोत्सवको अवसरमा बैंकले विगत ८ वर्षदेखि वित्तीय साक्षरता समेटिएका चित्र पुस्तकहरु प्रकाशन गर्दै आएको छ। यस वर्ष आठौं संस्करण “३ आर सुन्दर संसार” नामक चित्रकथा पुस्तक सार्वजनिक गरेको छ। पुस्तकले वातावरणीय प्रदूषण, प्राकृतिक स्रोत संरक्षण र ग्लोबल वार्मिङ जस्ता विषयलाई सरल, रमाइलो र ज्ञानवर्दक शैलीमा प्रस्तुत गरेको छ।

त्यसैगरी, बैंकले वार्षिकोत्सवका अवसरमा नेपाल रेडक्रस सोसाइटीसँगको सहकार्यमा रक्तदान कार्यक्रम आयोजना गरेको थियो, जसमा बैंकका कर्मचारीहरूले सक्रिय सहभागिता देखाएका थिए।

हाल नेपाल इन्भेष्टमेण्ट मेगा बैंकले २६९ शाखा, २५७ एटीएम, ६५ एक्सटेन्सन काउन्टर र ६० शाखारहित बैंकिङ काउण्टरमार्फत सेवा प्रदान गरिरहेको छ।

प्रकाशित: बिहिबार, फाल्गुण १४, २०८२

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय