देशभर लागू पदार्थसहित नौ जना पक्राउ, खैरो हेराइन र गाँजा बरामद

काठमाडौँ । देशका विभिन्न भागबाट लागू पदार्थसहित नौ जनालाई पक्राउ गरिएको छ।

केन्द्रीय प्रहरीका अनुसार इलाम, झापा, सुनसरी, नवलपरासीपूर्व र कैलाली जिल्लाबाट बुधबार उनीहरू पक्राउ परेका हुन्।

अभियुक्तहरूको कब्जाबाट खैरो हेराइन, गाँजा र चिकित्सकको सिफारिसमा मात्र पाइने औषधि बरामद भएको छ। सम्बन्धित जिल्ला प्रहरी कार्यालयहरूले नियमित गस्तीको क्रममा शङ्का लागेर जाँच गर्दा उनीहरूबाट प्रतिबन्धित पदार्थ फेला परेको प्रहरीले जनाएको छ।

प्रकाशित: बिहिबार, फाल्गुण १४, २०८२

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय