काठमाडौँ । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी ले जेनजी आन्दोलनका क्रममा जलेर ध्वस्त भएको आफ्नो निजी निवास पहिलो पटक अवलोकन गरेकी छन्।
आज बिहान बुढानीलकण्ठ–२ पुगेर पूर्वराष्ट्रपति भण्डारीले जलेका निवासका संरचनाको निरीक्षण गरिन्। भदौ २४ गतेको आन्दोलनमा प्रदर्शनकारीले सरकारी र निजी संरचना जलाउँदा उनको निवास पनि जलेको थियो।
आगलागी भएपछि उनलाई भदौ २४ गते नै सुरक्षाकर्मीले सुरक्षित स्थानमा लगेका थिए। त्यसयता उनी बालुवाटारस्थित छोरीको निवासमै बस्दै आएकी छिन्।


