हेटौँडामा ट्रक–मोटरसाइकल ठोक्किँदा दुई जनाको मृत्यु, ट्रक फरार

काठमाडौँ । पूर्व–पश्चिम राजमार्गअन्तर्गत हेटौँडा उपमहानगरपालिका–१९ बस्तीपुरमा ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा दुई जनाको मृत्यु भएको छ ।

हेटौँडा बजारबाट मनहरीतर्फ जाँदै गरेको ना ४३ प २२१ नम्बरको मोटरसाइकललाई नेवारपानीबाट हेटौँडातर्फ आउँदै गरेको नम्बर नखुलेको ट्रकले ठक्कर दिएको हो ।

दुर्घटनामा मोटरसाइकल चालक मकवानपुरको राक्सिराङ गाउँपालिका–१ का २२ वर्षीय सन्जित स्याङतान र पछाडि सवार १८ वर्षीय अमोश थिङको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

प्रकाशित: बुधबार, फाल्गुण १३, २०८२

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय