काठमाडौँ । सेयर बजार आज सुधारतर्फ देखिएको छ ।
नेप्से परिसूचक १० दशमलव ३० अंकले बढ्दै दुई हजार ६४८ दशमलव ९० विन्दुमा कायम भएको छ ।
कुल ३३३ कम्पनीको शेयर कारोबार हुँदा चार अर्ब ४५ करोड रुपैयाँभन्दा बढीको कारोबार भएको नेप्सेले जनाएको छ । बैंकिङ, होटल तथा पर्यटन, जलविद्युत्, उत्पादन तथा प्रशोधन र जीवन बिमा समूहमा वृद्धि देखिएको छ ।
सालपा विकास बैंक र रिलायन्स स्पिनिङ मिल्सको शेयर मूल्य आज सकारात्मक सर्किट लेभलमा पुगेको छ भने हिमालयन पावर पार्टनरको शेयर मूल्य सबैभन्दा धेरै घटेको छ ।


