काठमाडौँ । विभिन्न पाँच देशका राजदूतहरूले राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष आफ्नो ओहोदाको प्रमाणपत्र पेश गरेका छन्।
राष्ट्रपति भवन शितलनिवासमा आयोजित समारोहमा अस्ट्रेलिया, साउदी अरब, चीन, माल्दिभ्स र तुर्किये गणतन्त्रका राजदूतहरूले ओहोदाको पत्र राष्ट्रपति समक्ष बुझाएका हुन्, जानकारी राष्ट्रपति कार्यालयका प्रवक्ता रितेशकुमार शाक्यले दिएका छन्।



