गुल्मीमा प्रतिनिधिसभा निर्वाचनअवधि पाँच दिन मदिरा बिक्री–सेवनमा पूर्ण रोक

काठमाडौँ । गुल्मी जिल्लामा फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनको सुरक्षा सुनिश्चित गर्न पाँच दिनका लागि मदिराजन्य पदार्थको बिक्री, वितरण र सार्वजनिक सेवनमा पूर्ण रोक लगाउने निर्णय भएको छ।

जिल्ला प्रशासन कार्यालयमा बसेको सर्वदलीय बैठकको सहमतिमा जिल्ला सुरक्षा समितिले फागुन १६ देखि २१ गतेसम्म जिल्लाभित्र मदिरा सम्बन्धी सबै गतिविधि निषेध गर्ने निर्णय गरेको हो।

प्रमुख जिल्ला अधिकारी बद्रीनाथ गैह्रेले निर्वाचनको समयमा शान्ति र सुरक्षा कायम राख्न तथा कुनै अप्रिय घटना हुन नदिन यस्तो कदम उठाइएको जानकारी दिएका छन्।

उनीहरूले निर्वाचन प्रक्रिया स्वच्छ, निष्पक्ष र भयमुक्त वातावरणमा सम्पन्न गराउन प्रशासन पूर्ण रूपमा प्रतिबद्ध रहेको उल्लेख गर्दै उक्त अवधिमा मदिरा कारोबार र सेवनमा कडाइका साथ निगरानी गरिने बताए।

प्रकाशित: बुधबार, फाल्गुण १३, २०८२

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय