नेप्से परिसूचक सामान्य सुधार

काठमाडौँ । सेयर बजारमा आज सानो सुधार देखिएको छ । नेप्से परिसूचक २.४१ अङ्कले बढ्दै दुई हजार ६१६.९७ बिन्दुमा पुगेको हो ।

आजको कारोबारमा बैंकिङ समूह ०.२८ प्रतिशत, विकास बैंक ०.९० प्रतिशत र वित्त समूह ०.५६ प्रतिशतले उकालो लागेको छ ।

यस्तै, लगानी, जीवन बीमा र अन्य समूहका उपसूचक पनि हरियालीमा देखिएका छन् ।

तर होटल तथा पर्यटन, जलविद्युत्, उत्पादन तथा प्रशोधन, लघुवित्त, म्युचुअल फन्ड, निर्जीवन बीमा र व्यापार समूहका उपसूचक भने घटेका छन् ।

प्रकाशित: सोमबार, फाल्गुण ११, २०८२

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय