धादिङ बस दुर्घटनाबारे छानबिन गर्न सरकारद्वारा पाँच सदस्यीय कार्यदल गठन

काठमाडौँ । सरकारले धादिङमा भएको बस दुर्घटनाको कारण पत्ता लगाउन पाँच सदस्यीय छानबिन कार्यदल गठन गरेको छ ।

आज गृह मन्त्रालयमा बसेको उच्चस्तरीय बैठकले सहसचिवको नेतृत्वमा कार्यदल बनाउने निर्णय गरेको हो ।

गृह मन्त्रालयका अनुसार दुर्घटनामा बसमा सवार ४४ यात्रुमध्ये १९ जनाको ज्यान गएको छ भने २५ जना घाइते भएका छन् ।

कार्यदललाई घटनाको विस्तृत छानबिन गरी प्रतिवेदन पेस गर्न निर्देशन दिइएको छ ।

दुर्घटनाको जानकारी प्राप्त हुनासाथ नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल नेपाल र स्थानीय बासिन्दाको सहयोगमा उद्धार कार्य तदारुकताका साथ सञ्चालन गरिएको मन्त्रालयले जनाएको छ ।

प्रकाशित: सोमबार, फाल्गुण ११, २०८२

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय