पार्किङ विवादपछि वीरगन्जमा कर्फ्यु, प्रशासनद्वारा आवतजावतमा रोक

काठमाडौँ । सवारी पार्किङको विषयलाई लिएर भएको झगडापछि उत्पन्न हुन सक्ने सुरक्षा जोखिमलाई मध्यनजर गर्दै जिल्ला प्रशासन कार्यालय पर्साले कर्फ्यु आदेश जारी गरेको छ ।

प्रशासनले आज बिहान ९:४५ बजेदेखि अर्को आदेश नभएसम्मका लागि कर्फ्यु लागू गरेको हो ।

प्रमुख जिल्ला अधिकारीको आदेशअनुसार स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ (क) बमोजिम वीरगन्ज महानगरपालिकाको तोकिएको क्षेत्रमा आवतजावत, भेला, जुलुस, प्रदर्शन तथा सभा–बैठक पूर्ण रूपमा निषेध गरिएको छ ।

प्रशासनका अनुसार हिजो साँझ पार्किङ व्यवस्थापनको विषयमा दुई पक्षबीच विवाद भई झगडामा परिणत भएको थियो । सो घटनापछि बजार क्षेत्रमा तनाव बढ्न सक्ने देखिएपछि सम्भावित अप्रिय घटना रोक्न कर्फ्यु जारी गरिएको हो ।

प्रकाशित: सोमबार, फाल्गुण ११, २०८२

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय