सुन प्रतितोला तीन लाख १३ हजार ५ सय रुपैयाँ पुग्यो

काठमाडौँ । नेपाली बजारमा सुनको मूल्य सोमबार पनि बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार सुनको भाउ तोलामा ३२ सय रुपैयाँले वृद्धि भएको हो ।

आइतबार प्रतितोला ५६ सय रुपैयाँले बढेर तीन लाख १० हजार ३०० रुपैयाँ पुगेको सुन सोमबार बढेर तीन लाख १३ हजार ५०० रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।

यस्तै, चाँदीको भाउ पनि बढेको छ । सोमबार चाँदी तोलामा १७० रुपैयाँले बढेर प्रतितोला पाँच हजार ५९५ रुपैयाँ पुगेको छ । आइतबार चाँदी प्रतितोला पाँच हजार ४२५ रुपैयाँमा कारोबार भएको थियो ।

प्रकाशित: सोमबार, फाल्गुण ११, २०८२

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय