सुनचाँदी बजारमा फेरि वृद्धि, सुन र चाँदी दुवैको मूल्य बढ्यो

काठमाडौँ । सुनचाँदी बजारमा आज दुवै धातुको मूल्य बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार सुनको भाउ तोलामा ५ हजार ६ सय रुपैयाँले बढेर प्रतितोला ३ लाख १० हजार ३ सय रुपैयाँ पुगेको छ ।

यस्तै, चाँदीको भाउ पनि तोलामा ३७५ रुपैयाँले बढेको छ ।

अघिल्लो दिन प्रतितोला ५ हजार ५० रुपैयाँमा कारोबार भएको चाँदी आज ५ हजार ४२५ रुपैयाँ पुगेको छ ।  चाँदीले यसअघि माघ १५ गते प्रतितोला ७ हजार ५०५ रुपैयाँको उच्च रेकर्ड बनाएको थियो ।

प्रकाशित: आइतबार, फाल्गुण १०, २०८२

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय