सिन्धुपाल्चोक । बार्हबिसे–८ का एमाले, कांग्रेससहित विभिन्न दल त्याग गरी दुई दर्जनभन्दा बढी नेता–कार्यकर्ता नेपाली कम्युनिष्ट पार्टीमा आवद्ध भएका छन्।
उनीहरूलाई नेकपाका संयोजक प्रचण्डले आज टीका र खादा लगाएर पार्टीमा स्वागत गरेका छन्।
देशको वर्तमान राष्ट्रिय परिस्थितिलाई नेपाली कम्युनिष्ट पार्टीले मात्रै सही दिशा दिन सक्ने विश्वासका साथ आफूहरू पार्टी प्रवेश गरेको नवप्रवेशीहरूको भनाइ छ।


