गौर नगर क्षेत्रमा पुनः निषेधाज्ञा लागू, अर्को आदेश नभएसम्म जारी

रौतहट । जिल्ला प्रशासन कार्यालयले गौर नगर क्षेत्रमा पुनः निषेधाज्ञा लागू गरेको छ। स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ (क) बमोजिम गौर नगरपालिकाको पूर्वमा मुडबलवा गेट, पश्चिममा लालबकैया बाँध, उत्तरमा बम नहर र दक्षिणमा गौर भन्सार कार्यालयसम्मको क्षेत्रमा आज बिहान ८ः३० बजेदेखि अर्को आदेश नभएसम्म निषेधाज्ञा जारी गरिएको हो ।

प्रमुख जिल्ला अधिकारी दिनेश सागर भुसालका अनुसार आइतबार बिहान ८ः३० बजेदेखि आदेश लागू गरिएको हो ।

यसअघि गौर–६ सवगढा गाउँमा शनिबार बिहान दुई समुदायबीच विवाद भएपछि शनिबार दिउँसो १ः०० बजेदेखि आज बिहान ६ः३० बजेसम्म निषेधाज्ञा जारी गरिएको थियो। बिहान ६ः३० देखि ८ः३० बजेसम्म भने निषेधाज्ञा केही खुकुलो बनाइएको थियो ।

प्रकाशित: आइतबार, फाल्गुण १०, २०८२

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय