काठमाडौँ विश्वका प्रदूषित सहरको सूचीमा १८औँ स्थानमा झर्‍यो

काठमाडौँ । उपत्यकामा हावाको बहाव बढेसँगै वायुप्रदूषणमा उल्लेख्य कमी आएको छ।

आज दिउँसो एक्युआइ ९९ मा झरेसँगै वायु गुणस्तर ‘सचेत रहनुपर्ने’ तहमा पुगेको छ। केही दिनअघि १९१ सम्म पुगेको एक्युआइ क्रमशः घट्दै आएको हो।

वातावरण विभागका महानिर्देशक ज्ञानराज सुवेदीका अनुसार सुक्खा मौसममा प्रदूषण बढ्ने र वर्षा तथा हावा चलेमा घट्ने गर्दछ।

उहाँले वर्षाले धुलो र कण जमिनमा झार्ने तथा हावाले प्रदूषक कण बगाएर लैजाने हुँदा वायु गुणस्तर सुधार हुने बताउनुभयो।

प्रकाशित: शुक्रबार, फाल्गुण ०८, २०८२

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय