काठमाडौँ । नेपाली कांग्रेसका नेता तथा प्रजातन्त्र सेनानी टेकबहादुर गुरुङको १०० वर्षको उमेरमा निधन भएको छ। गुरुङले नेपालको लोकतान्त्रिक आन्दोलनमा र पार्टी सङ्गठनमा सक्रिय भूमिका निर्वाह गरेका थिए।
स्वर्गीय गुरुङ नेपाल भूतपूर्व सैनिक सङ्घका केन्द्रीय अध्यक्ष गर्जबहादुर गुरुङ, नेपाल तरूण दलका पूर्वमहासचिव यमबहादुर गुरुङ, एनआरएनए युकेका सल्लाहकार तथा लमजुङ समाज युकेका निवर्तमान अध्यक्ष दलबहादुर गुरुङ र लमजुङ जिल्ला नेपाली कांग्रेस दूधपोखरी गाउँपालिकाका उपसभापति गमबहादुर गुरुङका पिता हुन्।
कांग्रेस केन्द्रीय कार्यालयका कार्यवाहक मुख्यसचिव कृष्णप्रसाद दुलालले शोक विज्ञप्ति जारी गर्दै गहिरो दुःख व्यक्त गरेका छन्। कांग्रेस सभापति गगनकुमार थापाले पनि भावपूर्ण श्रद्धाञ्जलि अर्पण गर्दै परिवार र आफन्तप्रति समवेदना प्रकट गरेका छन्।
कांग्रेसले प्रजातन्त्र सेनानी तथा समाजसेवी टेकबहादुर गुरुङको निधनबाट एक अग्रज र अनुभवी व्यक्तित्वलाई गुमाएको जनाएको छ।


