कांग्रेसले आर्थिक सुधारको बलियो जग हाल्यो : सभापति थापा

काठमाडौँ । कांग्रेस सभापति गगनकुमार थापाले २०४६–०५१ को अवधिमा कांग्रेस नेतृत्वको सरकारले आर्थिक सुधारका दह्रो पाइला चालेको दाबी गर्नुभएको छ ।

उहाँका अनुसार त्यसै समय सुरु भएका नीतिहरूको प्रभाव आज पनि मुलुकको विकास प्रक्रियामा देख्न सकिन्छ ।

कार्यक्रममा बोल्दै उहाँले कांग्रेसले आफ्ना सार्वजनिक नीतिबारे नागरिकलाई प्रभावकारी रूपमा बुझाउन नसक्नु कमजोरी भएको स्वीकार गर्नुभयो ।

तथापि, २०५९ सालतिर अघि सारिएका योजनाहरू नै आजका धेरै विकास परियोजनाको आधार बनेको उहाँको भनाइ थियो ।

प्रकाशित: बिहिबार, फाल्गुण ०७, २०८२

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय