काठमाडौँ । सर्लाहीको मलङ्गवा–४ स्थित ढाकाबोर्डर क्षेत्रमा फेला परेको बेवारिसे पेस्तोल खेलाउने क्रममा गोली लागेर एक बालक घाइते भएका छन् ।
जिल्ला प्रहरी कार्यालयका अनुसार बालकको दाहिने हातको पञ्जामा गोली लागेको हो ।
प्रहरीका अनुसार निर्माणाधीन हनुमान मन्दिरभित्र कुनामा रातो कपडाले बेरिएको अवस्थामा पेस्तोल फेला परेको थियो ।
नक्कली ठानेर चलाउने क्रममा पेस्तोल पड्किँदा बालक घाइते भएका हुन् । घाइते बालकको प्रादेशिक अस्पताल मलङ्गवामा उपचार भइरहेको र अवस्था खतरामुक्त रहेको प्रहरीले जनाएको छ ।


