काठमाडौँ । काठमाडौँ उपत्यकामा सवारीसाधनको आवागमन घटेसँगै वायु प्रदूषणमा उल्लेख्य कमी आएको छ।
ग्याल्पो ल्होसारका अवसरमा आज सार्वजनिक बिदा परेकाले सवारी चाप कम भएको हो।
मङ्गलबार दिउँसो १ बजेसम्म काठमाडौँको वायु गुणस्तर सूचकाङ्क (एक्युआई) १९१ पुगेको थियो भने आज सोही समयमा घटेर ११४ मा झरेको छ।
एयर क्वालिटी इन्डेक्सका अनुसार मङ्गलबार काठमाडौँ विश्वकै तेस्रो प्रदूषित सहरमा परेको थियो भने आज १४औँ स्थानमा झरेको छ।


