जनकपुरधामबाट कांग्रेसको ‘भिजन टेन’ सार्वजनिक

काठमाडौँ । नेपाली कांग्रेसले आगामी प्रतिनिधिसभा निर्वाचनमार्फत ‘समुन्नत नेपाल, सम्मानित नेपाली’को लक्ष्य हासिल गर्ने प्रतिबद्धतासहित प्रतिज्ञापत्र सार्वजनिक गरेको छ।

पार्टीले यस प्रतिज्ञापत्रलाई ‘भिजन टेन’ तथा ‘कांग्रेस टु प्वाइन्ट जिरो’को आधारका रूपमा प्रस्तुत गरेको छ।

सम्मानित जीवन, रोजगारी सिर्जना, किसान, शिक्षा, स्वास्थ्य, सुशासनदेखि राष्ट्रिय स्वाभिमानसम्मका विषय समेटिएको प्रतिज्ञापत्रमार्फत कांग्रेसले जनताले चाहेको भविष्य साकार पार्ने दाबी गरेको छ। पार्टीले कार्यान्वयनबाटै जनतासामु जवाफदेही हुने संकल्पसमेत व्यक्त गरेको छ।

कांग्रेसको ‘भिजन टेन’ (संक्षेप)

  1. सम्मानित भएर बाँच्न पाउने नेपाल

  2. सपना देख्न सक्ने नेपाल

  3. सम्पत्ति र रोजगारी सिर्जना गर्ने नेपाल

  4. किसानको सम्मान हुने नेपाल

  5. उपचार र संरक्षण पाउने नेपाल

  6. शिक्षामा आर्थिक भार नपर्ने नेपाल

  7. विधिको शासन भएको नेपाल

  8. मौलिकतामा गर्व गर्ने आधुनिक नेपाल

  9. विश्वले सम्मान गर्ने स्वाभिमानी नेपाल

  10. समुन्नतिमा लम्किने नेपाल

प्रकाशित: बुधबार, फाल्गुण ०६, २०८२

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय