पहाडी जिल्लालाई केन्द्रीय प्रसारण लाइनसँग जोड्ने १३२ केभी आयोजना सम्पन्न

काठमाडौँ । कपिलवस्तुको मोतिपुरदेखि अर्घाखाँचीको सन्धिखर्क हुँदै बुर्तिबाङसम्म जोड्ने १३२ केभी सवस्टेसन आयोजना अन्ततः सञ्चालनमा आएको छ।

विसं २०७८ चैत १२ गतेदेखि लाइन निर्माण सुरु भएको यो आयोजना अघिल्लो वर्ष असारमै सञ्चालन गर्ने योजना थियो।

तर बडिगाड क्षेत्रमा स्थानीयले टावर निर्माण रोक्न माग गर्दै सर्वोच्च अदालतमा रिट दायर गरेपछि करिब डेढ वर्ष आयोजनाको काम ठप्प भएको थियो।

गत वर्ष असार ९ गते सर्वोच्चले रिट खारेज गरेपछि तीव्र गतिमा काम गरेर आयोजना सम्पन्न गरिएको आयोजना प्रमुख मनोज चौधरीले जानकारी दिए।

प्रकाशित: बुधबार, फाल्गुण ०६, २०८२

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय